सेवाग्राहीले पुरा गर्नुपर्ने प्रकृया र पेश गर्नुपर्ने कागजातहरु


१. कार्यालय प्रमुखबाट प्रमाणित सिटरोल ५ प्रति (न्यायाधिशहरु तथा संसद सेवाका लागि २ प्रति) २. सक्कल स्थायी नियुक्ति पत्र/पदस्थापना पत्र
३. कार्यालय प्रमुख वा कम्तिमा रा.प.तृतीय स्तर अधिकृत वा नोटरी पब्लिकबाट प्रमाणित निम्न कागजातहरुः

  • नेपाली नागरिकताको प्रमाणपत्र
  • लोक सेवाको सिफारिस पत्र
  • शपथग्रहणको प्रमाणपत्र
  • निरोगिताको प्रमाणपत्र
  • पदसँग सम्बन्धित सबै तहका शैक्षिक योग्यताका प्रमाणपत्रहरु
  • सम्बन्धित निकायबाट प्राप्त व्यवसायिक प्रमाणपत्र

४. नागरिकता भन्दा फरक स्थायी ठेगाना सिटरोलमा उल्लेख गरेकोमा बसाई सराई प्रमाणपत्र वा महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र
५ .प्रमाण पत्रहरुमा नाम, थर, ठेगाना र जन्ममिति फरक परेमा सम्बन्धित स्थानीय निकाय वा जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र
६ .कुनै देशको स्थायी आवासीय अनुमती पत्र (DV/PR) लिए/नलिएको पत्र, सुरु हाजिरी जानकारी पत्र र सिटरोल दर्ता गरीदिने अनुरोध पत्र ७. बैदेशिक शैक्षिक योग्यताको हकमा समकक्ष निर्धारण पत्र
८. सिटरोल दर्ता गरीदिने अनुरोध पत्र
९. म्याद नाघी एक आर्थिक वर्षभन्दा ढिलो सिटरोल दर्ता गर्दा चाहिने थप कागजातहरु

  • सम्पति विवरण जरीवाना वापत रु.१०,००० तिरेको सक्कलै बैक भौचर(आ.व. २०८१/०८२ देखिको हकमा तर सो भन्दा अघिको हकमा रु. ५,०००)
  • कार्यालयबाट प्रमाणित राष्ट्रिय किताबखाना (निजामती)ले तयार गरेको सनाखत पत्र ।
  • तलब भत्ता रोक्का राखे नराखेको र स्थायी नियुक्तिदेखि हालसम्म सेवा अटुट भए/नभएको खुलेको पत्र
  • सेवा अवधिभर औषधि उपचार, अध्ययन, असाधारण बिदा लिए/नलिएको जानकारी पत्र
  • सेवा अवधिभर गयलकट्टी, विभागीय कारवाही भए/नभएको विवरण
  • पदस्थापन, स्तरवृद्धि, सरुवा, बढुवा र अन्य सेवाकालिन कागजातहरु