निवृत्तिभरण अधिकारपत्र जारी गर्नेसम्बन्धी जरुरी सूचना! (मिति: २०८३/०४/२५)

None

निवृत्तिभरण अधिकारपत्र जारी गर्नेसम्बन्धी जरुरी सूचना!

मिति: २०८३/०४/२५

 

यस राष्ट्रिय किताबखानाबाट सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरूतर्फ प्रवाह हुने सेवाहरूमध्ये निवृत्तिभरण अधिकारपत्र जारी गर्ने कार्य निरन्तर रूपमा सम्पादन हुँदै आएको सर्वविदितै छ।

चालु आर्थिक वर्षका लागि नयाँ तलबमान मिति २०८३/०४/२१ गते मात्र प्राप्त भएको सोअघि नयाँ तलबमान अनुसार निवृत्तिभरण (पेन्सन) गणना गर्न प्राविधिक रूपमा सम्भव नरहेकाले मिति २०८३/०४/०२ गतेदेखि लागु हुनेगरी अवकाश हुनुभएका राष्ट्रसेवक कर्मचारीहरूको  निवृत्तिभरण अधिकारपत्र/उपदान जारी गर्ने कार्य हुन नसकेको अवस्था रहेको थियो।

नयाँ तलबमान प्राप्त भएसँगै उक्त सेवा पुनः सुचारु भइ सेवाप्रवाह निरन्तर भइरहेको भए तापनि अघिल्लो अवधिदेखि बाँकी रहेका आवेदनहरूको उल्लेख्य संख्याका कारण हाल निवृत्तिभरण अधिकारपत्र जारी गर्ने कार्यमा अत्यधिक चाप सिर्जना भएको छ। सेवाग्राहीका फाइलहरू यथाशीघ्र फछ्र्यौट गर्न विशेष अभियान मार्फत थप जनशक्ति परिचालन गरिएको छ।

यस बीचको अवधिमा सेवा प्राप्त गर्ने क्रममा सेवाग्राही महानुभावहरूमा पर्न गएको असुविधाप्रति राष्ट्रिय किताबखाना क्षमाप्रार्थी छ। साथै, कार्यचापलाई ध्यानमा राखी सेवा प्रवाहलाई सहज द्रुत बनाउन कार्यालय प्रतिबद्ध रहेकाले सम्पूर्ण सेवाग्राही महानुभावहरूबाट धैर्यता सहयोगको अपेक्षा गर्दछौँ।

 

राष्ट्रिय किताबखाना

हरिहरभवन, ललितपुर