• info@pis.gov.np
  • +९७७ ०१-५०१०१३८, ०१-५५२८९७५
English

"निजामती सेवा दिवस २०७८-८३ को नारा : "व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन"

नेत्रप्रसाद सुवेदी

महानिर्देशक

बाबुराजा श्रेष्ठ

उपमहानिर्देशक (निजामती)

शान्ता अधिकारी भट्टराई

उपमहानिर्देशक (प्रहरी)

रामराज खकुरेल

का.मु.उपमहानिर्देशक (शिक्षक)

शाखाहरू

राष्ट्रिय किताबखाना (शिक्षक )

सेवा निवृत्त शिक्षक शिक्षिकाहरुलाई निवृत्तभरण, उपदान लगायतका सेवा, सुविधा दिने व्यवस्था २०३५ सालमा भएपछि अभिलेख राख्ने र सेवा, सुविधाका कार्य क्षेत्रीय शिक्षा निर्देशनालयवाट हुँदै आएकोमा अलग्गै निकायबाट उक्त कार्य संचालन गर्ने उदेश्यले मन्त्रिपरिषद्को मिति २०५४ माघ २ गतेको निर्णय बमोजिम शिक्षा नियमावली २०४९ मा भएको (छैठौं संशोधन), २०५४ ले विद्यालय शिक्षक कितावखाना स्थापना भई यस कार्यलाई २०५४।११।१९ गते देखि शिक्षा नियमावलीमा आवद्ध गरेपछि...

वेबसाइट हेर्नुहोस्

राष्ट्रिय किताबखाना (प्रहरी)

प्रहरी कर्मचारीहरुको अभिलेख ब्यवस्थित गरी नियमानुसार पाउने सुविधाहरु उपलब्ध गराउने काम २०३५ साल भन्दा अगाडि निजामती किताबखानाबाट भईरहेको थियो । निजामती सेवा र प्रहरी सेवामा प्रवेश गर्ने कर्मचारीहरुको बढ्दो संख्या र सेवा संचालन गर्ने फरक फरक मन्त्रालय भएकाले प्रहरी कर्मचारीहरुको अभिलेख राख्न र उनीहरुलाई नियमानुसारका निवृत्तिभरण, उपदान लगायतका सुविधाहरु उपलब्ध गराउन वि.सं. २०३५ सालमा छुट्टै निकायको रुपमा प्रहरी किताबखानाको स्थापना भएको हो ।

वेबसाइट हेर्नुहोस्

राष्ट्रिय किताबखाना (निजामती)

सामान्य प्रशासन मन्त्रालयको विभागको रूपमा रहेको निजामती किताबखाना सम्पूर्ण निजामती कर्मचारीहरूको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय हो । यसले नीति निर्माताहरूलाई कर्मचारी सम्बन्धी आवश्यक विवरण एवं तथ्याङ्क उपलब्ध गराउनुका साथै सेवाबाट अलग भएका कर्मचारीहरूलाई निबृत्तभरण, उपदान, पारिवारिक निबृत्तभरण, असाधारण पारिवारिक बृत्ति, शैक्षिक भत्ता तथा सन्ततिबृत्ति जस्ता सुविधाहरू प्रदान गर्ने कार्यमा प्रमुख भूमिका निर्वाह गर्दछ ।

वेबसाइट हेर्नुहोस्

गृह पृष्‍ठ

संक्षिप्त परिचय

         

राष्ट्रिय किताबखाना (निजामती)

 

राष्ट्रिय किताबखाना (निजामती) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको केन्द्रीय स्तरको विभागको रुपमा रहेको छ । यस विभागले सम्पूर्ण निजामती कर्मचारीहरुको वैयक्तिक विवरणहरुलाई कर्मचारीहरुको सिटरोल फाराम प्रमाणित गरी सोमा भएको व्यक्तिगत विवरण कर्मचारी वैयक्तिक सूचना प्रणाली (Personnel Information System-PIS) सफ्टवेयरमा व्यवस्थित गरी राख्ने गर्दछ।

राष्ट्रिय किताबखाना (न...

थप जानकारी

सम्पर्क विवरण

  • राष्ट्रिय किताबखाना,
    हरिहरभवन, ललितपुर
  • +९७७ ०१-५०१०१३८, ०१-५५२८९७५
  • +९७७ ०१ ५०१०२१७
  • info@pis.gov.np

  • आइतबार-बिहीबार
    १०:०० बिहान - ५:०० बेलुका
    शुक्रबार
    १०:०० बिहान - ३:०० बेलुका

फलो गर्नुहोस्

शिघ्र सन्देश


गुगल नक्शामा हामीलाई खोज्नुहोस्