सिटराेल फाराम दर्ता तथा प्रमाणित गर्न चाहिने कागजातहरु
नेपाल राजपत्र भाग ३ खण्ड ६५ मिति २०७२।६।७ गते प्रकाशित निजामती सेवा (बाहौ संशोधन)नियमावली २०७२ को नियम २२ अनुसुची ७ बमोजिमको निजामती कर्मचारीको वैयक्तिक विवरण (सिटरोल)फाराम संशोधन भएकोले यस विभागमा अब उप्रान्त नयाँ सिटरोल फाराम दर्ता गर्दा संशोधित नयाँ ढाँचा बमोजिमको फारामहरूमा अनिवार्य रूपमा भरि पेश गर्ने व्यवस्था गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
उक्त संशोधित ढाँचा यस विभागको वेभसाईट www.pis.gov.npबाट डाउनलोड गर्न सकिने छ ।
Last Update On: २०७२-६-१७